काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । लामो समयसम्म गभर्नर नियुक्तीको विषय पेचिलो बन्दै गएको अवस्थामा कांग्रेसबाट समेत प्रधानमन्त्री ओलीलाई लिएर आलोचना हुन थालेपछि गभर्नर नियुक्ती गर्ने सवालमा मध्यमार्गी बाटो रोजेका हुन् ।
गभर्नर नियुक्ती गर्न भन्दै स्वार्थ समूह बालुवाटार र बुढानिलकण्ठमा हाबी भएको चर्चा थिए । तर, हिजो (बुधबार) बालुवाटारमा भएको ओली–देउवा वान टु वान भेटवार्ताले निकास लिनेगरि गभर्नर नियुक्तीको प्रक्रिया अघि बढ्न लागेको हो । देउवाले गभर्नरको लागि अर्थशास्त्री डा. गुणाकर भट्टको नाम प्रस्ताव गरेका थ्एि ।
जसमा प्रधानमन्त्री ओलीले पनि सहमति जनाएको उच्च स्रोतको दाबी छ । भट्ट हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । उनी अर्थशास्त्रमै पिएचडी हुन् । गभर्नरको लागि यसअघि ज्ञानेन्द्र प्रसाद ढुंगाना, निलम ढुंगाना र राजेन्द्रकिशोर क्षेत्रीलगायतको नाम चर्चामा थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ती गर्ने बुझिएको छ । file photo




प्रतिक्रिया