बाल यौन दुरुपयोग मुद्दामा बम्जनले पाए सफाइ


काठमाडौैं, ४ वैशाख । बाल यौन दुरुपयोगको आरोप लागेको तपस्वी रामबहादुर बम्जनले उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेका बम्जनलाई उच्च अदालत, जनकपुरले गत चैत ६ गते सफाइ दिएको पाइएको छ । उच्च अदालतको आदेशसँग उनी रिहा भइसकेको बताइएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदर गरेको थियो । आश्रममा आनी बनेर बसेकी ती बालिकालाई बम्जनले ललाई फकाई प्रलोभनमा पारेर यौन शोषण गरेको आरोप थियो । File Photo/RN