धवल शमशेरलाई उपचारको लागि हिरासतबाट छाड्ने तयारी


काठमाडौं, ५ बैशाख । हिरासतमा रहेका राप्रपाका महामन्त्री डा. धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ।

उपचारको लागि उनले हिरासतमुक्त गर्न आग्रह गरेपछि सरकारले त्यहीअनुसारको तयारी गरेको गृह मन्त्रालयनिकट उच्च स्रोतको दाबी छ ।

राणा हालै क्यान्सर जितेर भारतबाट फर्किएका थिए । चैत्र १५ गतेको राजावादीहरुको प्रदर्शनको क्रममा भएको घट्नामा उनलाई सरकारले दोषी ठहर गरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ । file photo