रेनु दाहाललाई प्रधानमन्त्री ओलीले भने,‘छोरी, सञ्चै छौ ?’


काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली चितवन पुगेका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि स्वागत गरेको तस्विर तथा भिडिओ सार्वजनिक भएका छन् ।

धेरैले प्रधानमन्त्री ओलीको स्वागतमा मेयर दाहाल नजाने अनुमान गरेका थिए । तर, एयरपोर्टमा बुके बोकेर रेनु पनि स्वागतको लागि उभिएकी थिईन् ।

विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री ओलीले रेनुको पुष्पगुच्छा ग्रहण गर्दै हालखबर सोधेका थिए । ओलीले ‘छोरी भनेर सम्बोधन गरेको र सञ्चै छौ ?’ भनेर सोधेको पत्रकार राजेन्द्र आचार्यले जनाएका छन् । तस्विर : राजेन्द्र आचार्य/फेशबुक