परराष्ट्रमन्त्री राणाको प्रशंसा गर्दै कांग्रेस नेता बस्नेतको उद्घोषः भविष्यको पहिलो महिला प्रधानमन्त्री उहाँ हो


काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भविष्यको पहिलो महिला प्रधानमन्त्रीको रुपमा उद्घोष गरेका छन् । आज (शुक्रबार) आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परराष्ट्रमन्त्री राणालाई भविष्यको पहिलो महिला प्रधानमन्त्री बनाउन प्रत्येक कदममा साथ दिने बताए ।

राणा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पनि सफल रहेको उनको दाबी छ । राणाले देशको हित र स्वार्थअनुकूल काम गरिरहेको पनि उनले बताए । ‘सफल परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने मान्छे । आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ । त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौं,’– नेता बस्नेतले भने ।

उनले सिन्धुपाल्चोक जिल्लामा कांग्रेसको संगठन एकदमै बलियो रहेको पनि बताए । कांग्रेसले सिन्धुपाल्चोकमा शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण काम गरिरहेको र १२ पक्षाासँग निशुल्क हुनुपर्छ भनेर आवाज उठाइरहेको उनले बताए ।