हिरासतमुक्त भएपछि फलो-अपको लागि भारत जाँदै राणा


काठमाडौं, ५ बैशाख । तिनकुनेमा चैत्र १५ गतेको राजावादीहरुको प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर जबरालाई आजै रिहा गरिने भएको छ । उनलाई स्वास्थ्योपचारको लागि छाड्ने सरकारको तयारी छ ।

उनी हिरासतमुक्त भए उपचारको लागि नयाँ दिल्ली जाने बताईएको छ । राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिले पनि विज्ञप्ती जारी गरेर राणालाई उपचारको लागि बाहिर निस्किन नदिने षड्यन्त्र गरिएको भनेर आपत्ति जनाएको हो ।

राणा हालै भारतमा क्यान्सरसम्बन्धी उपचार गराएर स्वदेश फर्किएका थिए । समितिका प्रवक्ता स्वागत नेपालले राणाको स्वास्थ्य अवस्था नाजुक रहेको उल्लेख गरेका थिए ।

प्रहरी प्रशासनले भने राणालाई आज उपचारको लागि नै हिरासतमुक्त गर्ने तयारी गरेको छ । यतिवेला राणाका परिवारका सदस्य र पार्टी समर्थकहरु प्रहरी परिसर काठमाडौंमा जम्मा भएका छन् । file photo