गनगन र रुवाबासी गर्ने होइन, समस्या भएको क्षेत्रमा कांग्रेसले समाधान दिन्छः महामन्त्री थापा


काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले समस्याको समाधान दिनेगरी काम गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई समस्या देखाएर उम्किने छुट नभएको बताएका हुन् ।

उनले समस्या भएको ठाउँमा कांग्रेसले समाधान दिन सक्नुपर्ने बताए । नेपालमा रहेको रोजगारीको समस्यामा कांग्रेसले समाधान खोज्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

महामन्त्री थापाले अब कांग्रेसले काम गर्ने शैली र दृष्टिकोण बदल्नुपर्ने धारणा राखे । उनले भने, ‘हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ ।’