काठमाडौं, ६ वैशाख । शिक्षकको माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । काँग्रेसका शुभेच्छुक संस्था समन्वय विभागले बिहीबार शिक्षक संघका पदाधिकारीहरु र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल गरेको थियो ।
सो छलफलपछि शुक्रबार विभागीय प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा बसेको पार्टीका शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुसँगको बैठकले शिक्षकको माग तत्काल सम्बोधन गर्न सभापति देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले शिक्षकहरुको आन्दोलन कानुन संवत¸समयानुकूल शिक्षाको गुणस्तर र पेशागत हकहित संरक्षण गर्ने माग जाहेज रहेको ठहर गर्दै पार्टीका सबै शुभेच्छुकहरुले शिक्षकहरुको आन्दोलनको पक्षमा एक्यबद्धता जायर गरेको छ ।
नेपाल शिक्षक महासंघआवद्ध शिक्षक संघ/संगठनहरुसँग सरकारले गरेको सहमती कार्यान्वय गर्न पनि आग्रह गरेका छ । शुभेच्छुक संस्था समन्वय विभागकी सचिव निर्मला क्षेत्रीले जानकारी दिएअनुसार मागलाई सम्बोधन गर्न कांग्रेससँग गठबन्धन गरी बनेको सरकारलाइ कडारुपले निर्देशन दिइ शिक्षकहरुको मागलाई तत्काल पूरा गराउन कांग्रेसले अग्रसरता लिनुपर्नेमा बैठकले जोड दिएको थियो ।
विद्यमान अवस्थामा माद्यमिक शिक्षा परिक्षा दिएका बिद्यार्थिको उत्तर पुस्तिका जाँच र परिक्षाफल प्रकाशन तथा कक्षा १२ को परिक्षा संचालनलाई असर गरेको भन्दै आन्दोलनमा रहेका शिक्षकसँग तत्काल बार्ता गरि समस्याको समाधान गर्न आवश्यक छ । शिक्षक महासंघका अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरु आदोलनमा छन् । यसले गर्दा विद्यार्थी भर्ना कार्यक्रम समेत प्रभावित भएको छ ।





प्रतिक्रिया