काठमाडौं, ६ वैशाख । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवहाक संयोजक जगमान गुरुङले यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले घोषणा भएकै दिन गणतन्त्रको अन्त्य हुने बताएका हुन् ।
‘कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भयो । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’– उनले भने ।
गुरुङले छिमेकी मुलुक भारतमा नेपालमा राजसंस्था र हिन्दुराज्य फर्कियो भनेर चर्चा भइरहेको बताए । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीलाई सरकारले घरमै निगरानीमा राखेको छ । उनलाई सरकारले अघोषित नजरबन्दमा राखेको पनि चर्चा भइरहेको छ । जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका सुवेदीलाई सरकारले बाहिर ननिस्कन भनेपछि उनले गुरुङलाई कार्यवाहक तोकका थिए ।
उनले अबको आन्दोलक कसरी जान्छ भन्ने कुरा पछिल्ला दिनहरुमा बताउने सुनाए । उनले राजतन्त्र ल्याउने आफूहरुको अभीष्ट सिद्धि हुने बताए ।




प्रतिक्रिया