परराष्ट्रमन्त्री राणा आज बैंकक जाँदै


काठमाडौं, वैशाख ७ । परराष्ट्रमन्त्री डा. आरजु राणा आज देउवा थाइल्यान्ड जाने भएकी छन् । उनी २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा सहभागी हुन आज बैंकक जान लागेकी हुन् ।