काठमाडौं, ७ वैशाख । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । प्रहरीले उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । उनीविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात आरोपमा जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको र ललितपुर पठाउने तयारी रहेको बताइएको छ ।




प्रतिक्रिया