काठमाडौं, ७ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन रिहा भएका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेको भनेर लिङ्देनसहित राप्रपाका नेताहरु पक्राउ परेका थिए ।
लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेपछि राप्रपाको आजको आन्दोलन नै प्रभावित भएको थियो । सिंहदरबारभित्रको प्रदर्शनमा उत्रिएका सांसद दीपकबहादुर सिंह भने प्रहरी नियन्त्रणमा परेनन । उनी केहीबेर आन्दोलनस्थलमा पुगेका थिए ।
प्रतिक्रिया