काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश समितिले प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँबरको सदस्यता खोसेको छ । एमालेबाट निष्कासित भीम रावलको अभियानमा सघाएको आरोपमा उनको पार्टी सदस्यता खोसिएको बताइएको छ । पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले कुबँरको पार्टी सदस्ता खोसिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘उपरोक्त सम्बन्धमा साफेवगर–४, अछाम वस्ने कमरेड वालगिरी कुवरले नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश लेखा कमिटी सदस्य पदमा रहि विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङघन गरि पार्टीको विरुद्धमा लागी भ्रम पुर्ण समाचारहरु सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड वालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान सहाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्काशन गरिएको छ,’– जारी विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया