काठमाडौं, ८ वैशाख । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धरानको विकासको लागि बजेट नै विनियोजन नगरिदिएको बताएका छन् । सप्तकोशीको पानी ल्याउन बजेट मागेकोमा २० लाख रुपैयाँ मात्रै विनियोजन गरिदिएको र माओवादी कै सुदन किराती पर्यटनमन्त्री हुँदा धरानमा एयरपोर्ट माग्दा ‘विराटनगरमा छँदैछ, किन चाहियो धरानमा ?’ भनेको उनले बताएका छन् । गत शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवाद भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेयर साम्पाङले ठूला योजना गर्न नसकेको, भिजन नै नरहेको लगायतका टिप्पणी गरेकी थिईन् ।
रेनु दाहाहालको उक्त टिप्पणीको खण्डन गर्दैै साम्पाङले भनेका छन्, ‘रेनु दहालले मलाई ठूला योजना गर्नुपर्थौ भनेर भन्नुभएछ । रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइए त मैले के गर्ने ? बाऊ ठीक रैन छन्, पार्टी ठीक रैछ छ त । एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए । बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने । अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ । तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे । अब ८४ मा म आफैं आएर गर्नुपर्ला । त्यो ठाउँमा भन्दैछु । बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ । पैसा २० प्रतिशत पनि खर्च गर्न सक्दैन त्यो महानगरले । बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ । जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु । भिजन भनेको के हो त्यो म सिकाउँछु । विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन । स्वादेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने । बिचरा !’




प्रतिक्रिया