काठमाडौं, ८ वैशाख । नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मतदान जारी रहेको छ । विहान ८ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ६ सयभन्दा बढी मत खसेको बताइएको छ । निर्वाचनमा अनेरास्ववियु–अखिल (क्रान्तिकारी) संयुक्त प्यानल र नेपाल विद्यार्थी संघबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ल क्याम्पसमा मतदाता संख्या २ हजार ९ सय १५ रहेको छ ।
अनेरास्ववियु–अखिल (क्रान्तिकारी) संयुक्त प्यानलबाट अध्यक्षमा अनेरास्ववियुका समीर रिजाल, सचिवमा अखिल (क्रान्तिकारी) का ओमप्रकाश सुनार र कोषाध्यक्षमा अनेरास्ववियुकै आशुतोश कुमार गुप्ताले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, नेविसंघबाट मोहम्मद माजिद प्रवेजले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेविसंघले सचिवमा मनमोहन भट्ट र कोषाध्यक्षमा विविषा मिश्रलाई उम्मेदवार बनाएको छ ।






प्रतिक्रिया