काठमाडौं, ८ वैशाख । संखुवासभा जिल्ला मकालु गाउँपालिकाका पूर्वअध्यक्ष तेज बहादुर पोख्रेल नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पोख्रेललाई पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।
पूर्वअध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।






प्रतिक्रिया