काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज पनि हेर्न नभ्याइनेमा परेको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा।भट्टको योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए । उक्त रिटको पेशी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको थियो ।
उक्त रिट हिजो (आइतबार) न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएकोमा हेर्न नभ्याइनेमै परेको थियो । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । सोही सहमतिअनुरुप डा।भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ ।
गभर्नर नियुक्तिबारे संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न, नगराउन सर्वोच्चले अन्तरिम अल्पकालीन आदेश पनि जारी गरिसकेको छ । दुवै रिट लगाउमा राखिएको छ ।




प्रतिक्रिया