काठमाडौं, ८ वैशाख । राजर्षिजनक विश्वविद्यालयअन्तर्गत मानविकी तथा कानून संकायको सहायक डीनमा समिप घिमिरे नियुक्त भएका छन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा.अमर प्रसाद यादवले घिमिरेलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै उनको नियुक्तिले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नियुक्तिपत्र हस्तान्तरण समारोहमा विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण शाह, मानविकी तथा कानून संकायका डीन प्रा.डा.नरेन्द्र कटवालसहित विश्वविद्यालयका पदाधिकारीहरू तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो।
समिप घिमिरे प्रतिष्ठित अधिवक्ता, सामाजिक कार्यकर्ता तथा त्रिभुवन विश्वविद्यालयको कानून संकायमा विद्यावारिधि (पीएचडी) गर्दै छन् । घिमिरे अध्ययन, अध्यापन, सुशासन, कानुनी सुधार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील रहँदै आएका छन् ।





प्रतिक्रिया