ल क्याम्पस स्ववियू अध्यक्षमा अनेरास्ववियु-अखिल क्रान्तिकारी गठबन्धनका समिर रिजाल निर्वाचित


काठमाडौं, ८ वैशाख । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियु–अखिल क्रान्तिकारी गठबन्धनका समिर रिजाल निर्वाचित भएका छन् । त्यस्तै, नेपाल विद्यार्थी संघबाट सचिवमा मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन् ।

ल क्याम्पस स्ववियु पदाधिकारी चयनका लागि आज विहान ८ः४५ देखि बेलुका ५ः४५ सम्म मतदान भएको थियो । नेपाल ल क्याम्पसमा कूल २ हजार ९ सय १८ मत रहेकोमा १ हजार ६ सय ५३ मत खसेको थियो ।