काठमाडौं, ९ बैशाख । चौथो एशियाली बौंद्ध सांस्कृतिक महोत्सवका संयोजक भन्ते सुमंगलो शाक्य बुद्धले लुम्बिनीमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको बताएका छन् । उनले महोत्सवमा एशिया र अफ्रिकाका बौद्ध भिक्षुहरु सहभागी हुने विश्वास दिलाए ।
प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले यो महोत्सवले नेपालको विश्वभरि प्रसिद्धी फैलिने पनि बताए । महोत्सवमा ज्ञानको आदानप्रदान हुने र पर्यटन प्रवद्र्धन हुनेपनि उनको दाबी छ । कोभिडपनि यो नै पहिलो भव्य कार्यक्रम हुन लागेको पनि उनले सुनाए ।
उनले महोत्सवमा भारतबाट मात्रै २० जना प्रमुख भिक्षुहरु पनि आउने जानकारी दिए । महोत्सवको लागि सरकारबाट कुनै पनि आर्थिक लाभ वा सहयोग नलिएको उनको भनाई छ । तर, यसमा दाताहरुको भने सहयोग रहेको उनको भनाई छ ।




प्रतिक्रिया