मधेश प्रदेशका पर्यटनमन्त्री मियाँको कार्यसम्पादनलाई लिएर चौतर्फी आलोचना, एकलौटी अघि बढेको आरोप


काठमाडौं, ९ बैशाख । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा सकिल अलि मियाँको कार्यसम्पादनलाई लिएर आलोचना सुरु भएको छ । सत्ता सहयात्री दलका नेता तथा कार्यकर्ताको तहबाट नै मन्त्री मियाँको कार्यसम्पादनलाई लिएर तिव्र आलोचना सुरु भएको हो ।

पछिल्लो समय मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरु कार्यसम्पादनमा खरो उत्रिरहेको बेलामा मन्त्री मियाँ भने समन्वय नगरी एकलौटी ढंगले चल्न थालेको भनेर स्वयम उनीसम्वद्ध दल जनमत पार्टीभित्र पनि प्रश्न उठेको छ । अध्यक्ष डा. सिके राउतले नै मियाँलाई महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पुर्याएका हुन् ।

तर, जनमत पार्टीकै नेताहरु पनि मन्त्री मियाँ समन्वय नगरी हिँडेको भन्दै रुष्ट छन् । मधेश प्रदेशमा पछिल्लो समय योजना बेचेको विषय जोडतोडले उठिरहेको छ । त्यसमा पनि मन्त्री मियाँको नाम मुछिएको चर्चा छ । पर्यटन मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री नै मधेशको गौरव बढाउने योजना अघि बढाउन अनिच्छुक छन् ।

आफ्नो मातहतको मन्त्रालयमा रहेका पर्यटन प्रवद्र्धनका शीर्षकहरु हेरफेर गरेर अर्थ मन्त्रालयमार्फत अरु प्रयोजनको काम भएको भन्दै सो काममा संलग्नहरु यतिवेला उनै मन्त्री मियाँसँग असन्तुष्ट बनेका छन् । पर्यटन कार्यालयमा पनि एक किसिमको आतंक सिर्जना गरिएको छ ।