गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने दाबीसहित दायर भएको रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा


काठमाडौं, १० वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित रिट दायर गरेका थिए ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएको बताइएको थियो । सोही सहमतिअनुरुप डा.भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ ।

गभर्नर नियुक्तिबारे संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न, नगराउन सर्वोच्चले अन्तरिम अल्पकालीन आदेश पनि जारी गरिसकेको छ । दुवै रिट लगाउमा राखिएको छ । File Photo/RN