भारत उड्नुअघि जबराले भने–रवीन्द्र मिश्रलगायतको बिनाशर्त रिहाई होस


काठमाडौं, १० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले रवीन्द्र मिश्रलगायत सबैलाई बिनाशर्त रिहाईको माग गरेका छन् । उनले आफ २४ दिने हिरासतबाट बाहिर निस्किएको उल्लेख गर्दै यस्तो बताएका हुन् । उनी उपचारको लागि आज भारत गएका छन् । उनी लामो समयसम्म भारतमा उपचार गराएर स्वास्थ्यलाभ गरेर फर्किएका हुन् । उनी क्यान्सरमुक्त भएर फर्किएका हुन् ।

उनले समान विचार भएकाहरु विझत्त भएर नभई एकताबद्ध भएर अघि बढ्नुनपर्ने अपिल गरेका छन् । उनले मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा नरोकिने बताएका छन् । उनले सबैलाई उच्च मनोबलसहित आन्दोलनको मोर्चामा कृयाशिल हुन आग्रह गरेका छन् । जबराले फेशबुकमा लेखेका छन्–

जय राष्ट्रवाद, नमस्कार ! २४ दिने प्रहरी हिरासतबाट केहि दिन अघि बाहिर निस्किएको छु । यो बिचमा हाम्रो गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाईको माग राखी थप आन्दोलित भएका सम्पुर्ण आदरणीय ब्यक्तित्व ,नेता, कार्यकर्ता ,मानव अधिकारकर्मी ,नागरिक अगुवा, बुद्धिजीवी, शुभेच्छुकहरुमा आभार ब्यक्त गर्दछु । प्रहरी परिसर भद्रकालीमा भेट्न आउनु भई हौसला प्रदान गर्नुहुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिन्ता चासो राख्नुहुने सबैप्रती नतमस्तक छु । सबै मेरो मन मष्तिकमा हुनुहुन्छ । यो आस्था र बिचारको लामो लडाइँ हो । म त हिरासतमुक्त भएको छु, राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र लगायत अरु सबै साथिहरु हिरासत मै हुनुहुन्छ , सबैलाई बिनाशर्त अबिलम्ब रिहाईको माग गर्दछु । उपचारको क्रममा फलोअपको निमित्त आज भारत तर्फ प्रस्थान गर्दैछु । उपचार सकि फर्किए पछि गर्नुपर्ने धेरै कामहरु छन् , त्यो निश्चय पनि अघि बढ्नेछ । अहिले यति मात्र भन्छु स्( ूराष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण ,सुशासन, धर्म,सस्कृती पहिचानको रक्षा,आर्थिक समृद्धिको निमित्त अब सम्पुर्ण राष्ट्रबादी ,हिन्दुबादी ,राजाबादी , प्रजातन्त्रबादी र परिबर्तन पक्षधरहरु एक ठाउँमा उभिनु पर्दछ । अहिले ब्यक्ती गौण कुरा हो, एजेन्डा महत्त्वपूर्ण बिषय हो । सानो चित्त, संकिर्णता ,कुण्ठा, ब्यक्तिगत महत्वाकांक्षालाई तिलान्जली दिएर देश ,जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला गर्नु हुदैन । समान बिचार भएकाहरु बिभक्त भएर होइन ,एकताबद्ध भयर जानुपर्छ । मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिदैन, सबै साथिहरु उच्च मनोबल सहित आन्दोलनको मोर्चामा कृयाशिल हुन आग्रह गर्दछु । भगवानको कृपा , तपाईहरु सबैको शुभेच्छाले चाडै ठिक भएर फर्किने छु । फर्किना साथ तपाईंहरु सङ्ग सङ्गै मोर्चामा लामबद्द हुनेछु । जय राष्ट्रवाद !!