काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् । मोदीसँगको टेलिफोनबारे प्रधानमन्त्री ओलीले आफ्नो सोसल मिडियामार्फत जानकारी गराएका छन् । त्यसक्रममा उनले जम्मु कश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको हमलामा परी ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गरेका थिए ।
आतंकवादी हमलाविरुद्ध नेपालको ऐक्यबद्धता रहेको पनि प्रधानमन्त्री ओलीले मोदीसँगको कुराकानीमा बताएका थिए । मोदीसँगको कुराकानीबारे ओलीले लेखेका छन्–
‘‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें, यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ ।’




प्रतिक्रिया