काठमाडौं, १० वैशाख । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिरिषद्को बैठकले उच्चस्तरीय शासकीय सुधार आयोग गठनलगायत विभिन्न १९ वटा निर्णय गरेको हो ।
त्यसैगरी, मन्त्रिपरिषद्ले आगामी वैशाख १६ गतेदेखि भारतको नयाँ दिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव डा.कमलप्रसाद पाखरेलको भ्रमण स्वीकृत गरेको छ ।
त्यस्तै, गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको हकदारलाई प्रतिपरिवार १० लाख राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ । मन्त्रिरिषद्ले जर्मनीको बर्लिनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रक्षामन्त्री मानवीर राई नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृतिसमेत प्रधान गरेको छ ।







प्रतिक्रिया