ओमोडा एन्ड जेइकोले ‘फ्युचर फेसन र डेलिकेट अफ-रोड’ को अनुभव दिने ‘ओ-युनिभर्स’ को अवधारणा सार्वजनिक गर्ने


काठमाडौैं, १० वैशाख । ओमोडा एन्ड जेइकोले यही वैशाख १२ गते (अप्रिल २५) मा विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्न गइरहेको छ । ‘ओ–युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ–ल्याब’ र जेइकोको अफ–रोड जीवनशैलीमा आधारित ‘जे(ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्नेछ । यी अनुभवहरूले भविष्यको जीवनशैलीलाई पुनस्परिभाषित गर्ने उद्देश्य लिएको छ ।

फ्युचरिस्टिक प्रविधिको उत्सव – ओमोडा ‘ओ–ल्याब’

ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित, सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ । ‘ओ–युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडि स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् । सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि(सेभेन एसएचएस’ र पहिलो पूर्ण(रूपमा विद्युतीय गाडी ओमोडा ‘इ(फाइभ’को पनि प्रदर्शनी हुनेछ । यसका साथै, ‘सि(थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ । यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटि’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्नेछ ।

क्याम्पिङ अनुभवलाई बदल्ने ( जेइको ‘जे(ल्यान्ड’ को डेब्यु
ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे(ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिनेछ । यही क्रममा पूर्ण–विद्युतीय लाइट–आउटडोर–एसयुभी ‘जे–फाइभ बिइभि’ को प्रदर्शन हुनेछ । साथै जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि बाट सुसज्जित ‘जे(सेभेन एसएचएस’, र ‘जे–एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ । यी अत्याधुनिक अफ–रोड गाडीहरूको लाइनअप आकर्षक अफ(रोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ । यसले ती गाडीहरूको कठीन भू(भागमा पनि चल्न तयार क्षमताको प्रदर्शन गर्दै सहभागीहरूलाई पनि नयाँ भू–भागहरूमा घुम्न उत्प्रेरित र उत्साहित गर्दछ ।

प्रदर्शनीमा, जङ्गलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्नको लागि हरियाली घाँस, घना वनजङ्गल, र डाँडाकाँडा, चट्टानजस्ता विशेषताहरू प्रयोग गरिएको छ । इको–सो’ (प्रदर्शनी) कै क्रममा सहभागीहरूले जे–फाइभ बिइभिको नयाँ ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन् । यो नौलो अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट विभिन्न चुनौतीपूर्ण भू(भागहरू पार गर्दै जङ्गलतर्फको यात्रामा लैजानेछ । यसले गाडीको टेस्ट ड्राइभमात्र नभई आउटडोर लाइफस्टाइल तथा जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछ ।

यही अप्रिल २५ मा ओमोडा एन्ड जेइकोको ‘इको(सो’ सुरू हुँदैछ । यो ‘फ्युचर फेसन डेलिकेट अफ रोड’ को नयाँ अनुभवको मज्जा लिँदै ओमोडा एन्ड जेइकोले भविष्यको जीवनशैली कसरी पुनःपरिभाषित गर्दैछ भन्ने कुरा प्रत्यक्ष अवलोक गर्न आह्वान गरिएको छ । एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटड, ओमोडा इन्ड जेइको को। लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो ।