काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । उर्जाराज्यमन्त्री तामाङको कार्याशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री तामाङलाई राजीनामा दिन सुझाएका थिए । तामाङले उर्जा राज्यमन्त्रीबाट राजीनामा नदिने अड्डी कसेपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले सरकारको विरुद्धमा बोलेको भन्दै हटाइएको बताइएको छ ।
राज्यमन्त्री तामाङले आफूलाई आजै गृहमन्त्रीले राजीनामा दिनुपर्यो भनेर अनुरोध गरेको बताए । ‘मलाई गृहमन्त्रीले एक घण्टा अगाडि फोन गरेर राजीनामा दिनुपर्यो तपाईंले भन्नुभयो । मैले किन तपाईँलाई राजीनामा दिने भनेर भनेँ । अहिले हटाएको भन्ने जानकारी पाएको छु । पत्र पाइसकेको छैन,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भने ।




प्रतिक्रिया