रघुजी पन्तलाई शिक्षा मन्त्रालयको नेतृत्व सुम्पिने प्रधानमन्त्री ओलीको तयारी


काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको नेतृत्वमा सांसद रघुजी पन्तलाई ल्याउने तयारी गरेका छन् । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले सो मन्त्रालयको जिम्मा पन्तलाई प्रदान गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालयनिकट उच्च स्रोतकाअनुसार शिक्षामन्त्रीको रुपमा पन्तको शपथ भोलिको लागि तय भएको छ ।