गृहमन्त्री लेखकले राज्यमन्त्री तामाङको राजीनामा मागेपछि…


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । उर्जाराज्यमन्त्री तामाङको कार्याशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् । बर्खास्तगीमा परेका ऊर्जा राज्यमन्त्री तामाङसँग गृहमन्त्री रमेश लेखकले राजीनमा मागेका थिए । ऊर्जा राज्यमन्त्री तामाङका अनुसार एक घण्टाअघि ‘तपाईंले राजीनामा दिनुपर्यो’ भनेर लेखकले फोन गरेका थिए ।

ऊर्जा राज्यमन्त्री तामाङले ‘मैले तपाईंलाई किन राजीनामा दिने ?’ भन्दै प्रश्न गरेका थिए । रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा बर्खास्तगीमा परेका ऊर्जा राज्यमन्त्री तामाङले भने, ‘मलाई गृहमन्त्रीले एक घण्टा अगाडि फोन गरेर राजीनामा दिनुपर्यो तपाईंले भन्नुभयो । मैले किन तपाईँलाई राजीनामा दिने भनेर भनेँ ।’