शशांकले बोलाए आफूपक्षीय नेताहरूको बैठक


काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । आज (बिहीबार) नेता कोइरालाले आफू पक्षीय नेताहरु गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला, विजय कुमार गच्छदार, प्रकाशशरण महतलगायतलाई बैठकमा बोलाएका छन् ।

नेता गोपाल श्रेष्ठका अनुसार लोकतन्त्रलाई अगाडि बढाउने सन्दर्भमा विचार विमर्श गर्नका लागि बैठक बोलाइएको हो । ‘पुराना साथीहरु बसेर विचार, विमर्श गर्न, लोकतन्त्रलाई कसरी अगाडि बढाउने, कसरी मुलुकलाई अगाडि बढाउने र नेपाली जनतालाई सुख, शान्ति, समृद्धि दिलाउन सकिन्छ भन्ने उद्देश्यले हामी आज बस्दैछौं,’– उनले भने ।

लोकतन्त्रलाई कसैलाई दुरुपयोग गर्न दिनुभएन भनेर आफूहरुले छलफल गर्न लागेको उनले बताए ।