रास्वपाको संसदीय दलको बैठक दिउँसो २ बजे बस्दै


काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

भोलिबाट सुरु हुने संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठकको अध्यक्ष कार्यवाहक सभापति डिपी अर्यालले गर्ने जनाईएको छ ।

अब बजेट अधिवेशन सुरु हुन लागेकोले आजको बैठकमा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सांसदहरुलाई दिशानिर्देश गर्ने बुझिएको छ । वाग्ले अर्थशास्त्रका ज्ञाता हुन् । file photo