सरकार विचौलियाले चलाएको कुरा व्यवहारले पुष्टि भएको वर्षमानको दाबी, दिए गगन थापालाई धन्यवाद (भिडिओसहित)


काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) का उमहासचिव एवम पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको एकपछि अर्को व्यवहारले नै यो सरकार विचौलिया र स्वार्थ समूहले चलाएको भन्ने कुरा पुष्टि गरेको दाबी गरेका छन् । उनले भने,‘१० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण, र प्रतिपक्षी दल वा नेताहरुसँग प्रतिशोध साँध्नेबाहेक सरकारले केही गरेको छैन् । धितोपत्र बोर्ड र विमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ती र स्वार्थ समूले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्ती गर्न गरिरहेको चलखेल दिनको घामजत्तिकै छर्लङ भएको छ ।’

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले अहिलेको सरकार विचौलियाले चलाएको भन्ने कुरा जनताको घरघरमा बहस हुन थालेको पनि उनले बताए । कांग्रेस महामन्त्री गगन थापाले ढिलै भएपनि विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडसम्म पुगेको भने भनेकोमा धन्यवाद ज्ञापन गरे । सरकार गठन गर्दा भनिएको संविधान संशोधनबारे सिन्कोसमेत नभाँचिएको भन्दै उनले आक्रोश पोखे ।