काठमाडौं, वैशाख १३ । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्न स्थानहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको छ ।
काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका स्थानहरूमा पनि शनिबार विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । बबरमहल फिडर अन्तर्गत पर्ने खुल्ला मञ्च सँगै, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुल संगैं, महिलाजेल नजिकै टेलिकम अफिस हुँदै, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय सम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।




प्रतिक्रिया