भारत उडे बाबुराम


काठमाडौं, १३ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई छिमेकी मुलुक भारत प्रस्थान गरेका छन् । नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईसहित उनी दिउँसो १ बजेको फ्लाइटमार्फत भारत गएका हुन् ।

अध्यक्ष डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत गएको बताइएको छ । आइतबारबाट भारतको फरिदावादमा अधिवेशन हुँदैछ ।