काठमाडौं, १३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वपञ्च र राजावादीहरुसँग भेटघाट बढाएका छन् । लिङ्देनले आज नै नवराज सुवेदी र बालाराम घर्ती मगरसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सुवेदी र घर्तीलाई भेट्न लिङ्देन घरमै पुगेका थिए । लिङ्देनले उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार बस्नेतले बताए ।
राप्रपा अध्यक्ष लिङ्देन र सुवेदीबीच छुट्टै छलफलसमेत भएको नेता श्रेष्ठले बताए । सुवेदी तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष, पूर्व गृहमन्त्रीसमेत हुन् । त्यस्तै घर्ती तत्कालीन प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै पटक–पटक मन्त्री बनेका पात्र हुन् । राजसंस्था पुनर्स्थापनाको लागि राप्रपाले गर्ने कार्यक्रममा उनीहरुले समर्थन जनाएको बताइएको छ ।


प्रतिक्रिया