काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी थालेको जानकारी गराएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज (शनिबार) पार्टी संसदीय दलको बैठकमा आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम संसद्मा पेश गरिने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम ल्याएर सोहीअनुसार बजेटको तयारी गर्ने पनि बताए । संसद्को चालु अधिवेशनको मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्नेलगायत रहेको बताए ।
प्रतिक्रिया