सहकारी ठगी प्रकरणमा मुछिएकी कांग्रेस सांसद राई पक्राउ


काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा उनलाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।

विभिन्न सहकारी ठगी प्रकरणमा जोडिएर फरार रहेका गितेन्द्र बाबु राईसँग सांसद राईको कनेक्सन देखिएको थियो । अनुसन्धानका लागि उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको भएपनि सांसद राई लामो समयदेखि फरार थिईन् ।