काठमाडौं, १४ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताए ।
सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको उनले बताए । लाखौं विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको उनको आरोप छ । सरकारले आफ्नो असक्षमता ढाक्न उल्टै राज्यमन्त्रीलाई अपमानपूर्वक बखास्त गरेको उनले बताए ।
‘शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरुालाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु । आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ । ओली सरकारमै रहेका महत्वपूर्ण नेताहरुले सार्वजनिक रुपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन् । चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओल िसरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन,’– उनले भने ।




प्रतिक्रिया