आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा हानियो


काठमाडौं, १४ वैशाख । शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । आन्दोलनरत शिक्षकहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि झडपको स्थिति बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा हानेको छ ।

आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित महासंघको नेतृत्वमा शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनको २६औं दिनमा भने शिक्षक र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको हो । File Photo/RN