काठमाडौं, १४ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दोषीलाई रिवार्ड गरिएको र निर्दोषलाई दण्डित गर्ने व्यवस्थाको कारण जनतामा वितृष्णा भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नै तत्कालिन पर्यटनमन्त्री सुदन किरातीको जागिर खाईदिएको खुलासा गरेका छन् ।
उनले भने,‘सुदन किरातीको जागिर तत्कालिन प्रधानमन्त्री प्रचण्डजीले खाएको होईन, त्यहाँको डिजीले खाईदिएको हो । यो कुरा त हामीले देखेका छौं ।’ नेताहरुले पैसाको लागि गैरकानूनीलाई बढावा दिएको उनको आरोप छ । उनले पोखरा र भैरहवामा अरवौं रुपैयाँ ऋण लिएर विमानस्थल बनाएको भन्दै जनकपुर एयरपोर्ट किन बनेन भनेर पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रश्न तेर्साए । जनकपुर विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा किन स्तरोन्नती गर्न सक्नुभएन ? भनेर उनले प्रश्न गरे ।




प्रतिक्रिया