काठमाडौं, १४ वैशाख । पूर्वमन्त्री विद्या भट्टराई प्रतिनिधि सभा बैठक सकेर सफा ट्याम्पूमा घर फर्किएकी छन् । एमालेका नेता एवं सांसद् तारा लामा तामाङले पूर्वमन्त्री भट्टराई गत वैशाख १२ गतेको संसद् बैठकपछि ट्याम्पुमा घर फर्किएको फोटो सामाजिक सञ्जालमा हालेका छन् । भट्टराईले केही दिनअघि मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएकी थिईन् ।
‘प्रतिनिधि सभा २०७९, छैटौं अधिबेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिए पछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानको लागि पठाओको मोटर साईकिलको पर्खाईमा थिए। निवर्तमान मन्त्री माननीय विद्या भट्टराईज्यू संसद बैठक पश्चात निवासतिर प्रस्थान गर्ने क्रममा ट्याम्पुमा चढ्दै गरेको देखेँ र मैले लिएका उहाँका केही फोटोहरु मन परेकोले पोष्ट गरे है,’– सांसद तामाङले पूर्वमन्त्री भट्टराईको फोटो पोष्ट गर्दै भनेका छन् ।





प्रतिक्रिया