प्राइम टिभीद्धारा पत्रकार सविना कार्कीमाथि भएको आक्रमणको खेद प्रकट, दोषीलाई कारबाही गर्न माग


काठमाडौं, १४ बैशाख । प्राइम टेलिभिजन एचडीले शिक्षकहरुको आन्दोलनको समाचार संकलन गर्ने क्रममा टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकोप्रति मर्माहत भएको जनाएको छ ।

टेलिभिजनका प्रशासकीय अधिकृत ध्रुब ढकालले आज साँझ विज्ञप्ती जारी गर्दै उक्त घट्नाको जति निन्दा गरेपनि कम हुने उल्लेख गरेका छन् । नियमित समाचार संकलनमा जाँदा सञ्चारकर्मीमाथि राज्यबाट भएको उक्त व्यवहार खेदजनक भएको जनाईएको छ ।

प्रेस स्वतन्त्रतामाथि नै प्रहार गरिएको यस घट्नाले सञ्चारकर्मीको सुरक्षामा सरकार संवेदनशील नरहेको प्रष्ट देखिएको जनाईएको छ । पत्रकार कार्कीमाथि भएको उक्त निकृष्ट व्यवहारको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेको छ ।

विज्ञप्तीसहित