काठमाडौं, १५ वैशाख । नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । आन्दोलनको २७औं दिनमा उनीहरुले हिजो (आइतबार) भएको प्रहरी दमनको विरोध गरेका छन् । हिजो प्रदर्शनका क्रममा प्रहरी र शिक्षकबीच घम्साघम्सी भएको थियो । सो क्रममा ६२ जना शिक्षकहरु घाइते भएको बताइएको छ ।
उनीहरुले आज ‘प्रहरी दमन बन्द गर, दमनकारी सरकार खबरदार, दमनकारी सरकार होसियार, शिक्षकलाई पिट्न पाइँदैन, शिक्षक–कर्मचारी एकता जिन्दावाद, पञ्चायतकालीन शिक्षा ऐन खारेज गर, अग्रगामी शिक्षा ऐन जारी गर, विगतका सबै सम्झौताहरु कार्यान्वयन गर’ लगायतका नारा लगाएर प्रदर्शन गरेका छन् । File Photo/RN




प्रतिक्रिया