बाबुरामले भेटे भारतीय रक्षामन्त्री सिंह, पहलगाममा भएको आतंकवादी हमलाको निन्दा



काठमाडौं, १५ बैशाख । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भाजपाका वरिष्ठ नेता तथा रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । नयाँ दिल्लीमा रहेका भट्टराईले उक्त भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको जनाएका छन् ।

साथै, डा। भट्टराईद्वारा हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् । उनीसँगै उपाध्यक्षसमेत रहेकी मानुषी यमी भट्टराई पनि भारत भ्रमणमा छिन् ।