आज ५ बजे क्याविनेट, गभर्नर नियुक्ती गर्ने तयारी


काठमाडौं, १५ बैशाख । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बेलुका ५ बजेको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने चर्चा छ । यद्धपी गभर्नर सिफारिश गर्न गठित समितिको बैठक अहिलेसम्म बस्ने सकेको छैन ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठन भएको सिफारिश समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिइकेका न् । अर्का सदस्य डा. विश्व पौडेलपनि देशबाहिर रहेको चर्चा छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको पछिल्लो भेटमा गभर्नर नियुक्ती गर्नेबारे छलफल भएको थियो । देउवा उपचारको लागि बैंकक उड्नुअघि नै गभर्नरको विषयमा सहमति भएको थियो । देउवाले डा.गुणाकर भट्टको नाम अघि सारेका छन् ।