गगन थापाविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीशद्वय प्रधान र पाण्डेयको इजलासमा हुने


काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्धय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको हो।

थापाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त मिुद्दाउपर आज सुनुवाई हुने भएको हो । थापाविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

सेन्टर फर डेमोक्रेसी संस्थाले आयोजना गरेको एक दिवसीय अन्तरक्रियालाई सम्बोधन गर्दै सर्वोच्च अदालतले डिल गरिरहेको भनेर तर्साउन खोजेको भन्ने अभिव्यक्ति दिएका थिए । file photo