शिक्षकहरुलाई वार्ताको टेबलमा बस्ने वातावरण नै नबनाएर सरकारले अपमान गरेको माओवादी सचिव पौडेलको आरोप


काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले शिक्षकहरुलाई वार्ताको टेबलमै नबसाली अपमान गरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिपक्षी दलहरु शिक्षकहरुको मागमा सहजीकरण गर्न तयार हुँदा पनि सरकारले उनीहरुको समस्या समाधान गर्नेतिर ध्यान नदिएको बताए ।

‘विद्यार्थी भर्ना, परीक्षा, शिक्षण सिकाइलगायतका विषय प्रभावित नहुनेगरी शिक्षकहरुले उठाएको माग सम्बोधनका लागि विश्वस्त बनाएर विद्यालय फर्काउने कुरामा हामी सकारात्मक छौं । तर, दमन गर्ने, अन्टसन्ट कुरा गर्ने, प्रतिपक्षीलाई दोष लगाउने काम नहोस् भन्नका लागि हामीले सरकारको टिप्पणी गरेको हो,’– उनले भने ।

शिक्षकहरुले उठाएको मागमा सरकारसँग आर्थिक स्रोत छैन भनेर पन्छिने कुरा विलकूल सही नहुने उनले बताए । File Photo/RN