काठमाडौं, १६ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले समयमै सरकारले बाटो नबनाउँदा देशको अन्तर्राष्ट्रिय बेइज्जती भएको टिप्पणी गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नेपालमा शिक्षा र स्वास्थ्यको अवस्था खस्किएको अवस्थामा बाटोपनि समयमै नबनेपनि देशको इज्जतमाथि प्रश्न उठेको बताए ।
नारायणघाट–बुटवल सडक खण्डको दूरावस्थाको भिडिओ एकजना विदेशीले भिडिओ खिचेर हालिदिएको र त्यसमा ‘नेपालको यो बाटो नर्क’ भनेको उल्लेख गर्दै यस्तो प्रश्न उठाएका हुन् । उनले बाटो निर्माणको कष्टमा हरेक पटक म्याद थप्ने काम नगर्न पनि सरकारलाई सुझाव दिए ।
उनले नेपालमा गणतन्त्र नभएर लुटतन्त्रमात्रै रहेको र अहिलेको लुटतन्त्रमा निर्माण व्यवसायीहरुले लुटेको गम्भीर आरोप लगाए । उनले अख्तियारलाई कर्मचारी तर्साउने थलो नबनाउनपनि सुझाव दिए । मधेश प्रदेशमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसमा अख्तियारको ध्यान जानुपर्ने उनले माग गरे ।




प्रतिक्रिया