काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच आज एकता घोषणा हुँदैछ । एकतापछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहने छ । उक्त पार्टीको पहिलो वरीयतासहित रेशमलाल चौधरी संरक्षक रहने छन् ।
त्यस्तै, अध्यक्षमा सिके राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहने छिन् । सहमतिअनुसार एकतापछि पार्टीको झन्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया र चुनाव चिह्न पनि ढकिया नै राखिने छ ।




प्रतिक्रिया