काठमाडौं, १७ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले शिक्षकहरुको मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकहरुका मागप्रति अनुदार बनेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका छ्न ।
उनले सरकारमा भएकाहरुले अर्थतन्त्रको सूचांक सकारात्मक भनेपनि अवस्था त्यस्तो नदेखिएको बताए । उनले सडकको आवाजलाई पनि सरकारले सुन्नुपर्ने र दम्भ देखाउन नहुने सुझाव दिए । शिक्षकहरु आन्दोलनमा हुँदा अहिलेका प्रधानमन्त्री ओली प्रतिपक्षमा बस्दा आदरभाव व्यक्त गरेको तर अहिले आँफै सत्ताको नेतृत्वमा हुँदा प्रधानमन्त्री ओलीको बोली, वचनले पनि शिक्षकहरुलाई भड्काउने काम गरेको आरोप लगाए ।
सरोकारवाला निकायहरुले जुन ढंगले रेस्पोन्स गर्नुपर्ने थियो त्यो नभएको कारण शिक्षकहरु महिनौंदेखि आन्दोलनरत हुनुपरेको उनको भनाई छ । सरकारले ध्यान नदिएकै कारण शिक्षकरुको आन्दोलन लम्बिएको भन्दै तत्काल संवेदनशीलता देखाउन उनको सुझाव छ ।




प्रतिक्रिया